• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रचण्ड र नेपाल देउवालाई भेट्न किन गए बूढानीलकण्ठ ?

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर जान प्रस्ताव राखेका छन् ।

 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै प्रचण्ड र नेपालले देउवासँग छलफल गरेका हुन ।

 

प्रचण्ड र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताएको स्रोतले जनाएको छ ।

 

संसद् पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डले बधाई साटासाट गरेका थिए। प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड माधव समूहले आज देशभरी खुशीयाली जुलुश निकालिरहेको छ ।

 

यसैबीच, शीर्ष नेतासहितको कांग्रेस पदाधिकारी बैठक बस्ने तयारीमा छ । पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक बस्ने र पार्टीको आगामी रणनीतिबारे निर्णय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार