• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको छ : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको प्रतिकृया दिएका छन ।


उनले सामाजिक संजाल ट्वीटरमा स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर गएको उल्लेख गरेका छन । 

 

'कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो,' उनले लेखेका छन ।

 

स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उपचारकै क्रममा रहेका बेला यस्तो टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार