• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

ऐतिहासिक फैसला : ओलीले विघटन गरेको संसद् ब्युँतियो, सर्वोच्चले विघटन बदर गर्‍यो (पूर्णपाठ सहित)

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद् ब्युँतिएको छ । सर्वोच्चले  विघटन बदर गरेको छ । विघटन मुद्दामा आज फैसला सुनाएको हो । 

 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वसम्मतिले निर्णय गरेको हो। संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए ।

 

प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका थिए । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए। सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार