• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

प्रधानमन्त्री ओलीले मनाए ७०औं जन्मदिन, बुवाले दिए आर्शिवाद र शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७०औं जन्मदिन मनाएका छन् । 

 

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सीमित परिवारका सदस्यको उपस्थितिसँगै पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् ।

 

प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आर्शिवाद सहित जन्मदिनको शुभकामना दिएका थिए । जन्मदिन कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्तको सहभागिता रहेको थियो

 

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए । तस्वीर : प्रधानमन्त्रीको सचिवालय
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार