• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

अब रक्तपातविहीन युद्ध हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले गत पुस ५ गतेदेखि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताएका छन् । 

 

मंगलबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहाले गत पुष ५ गतेदेखि आफूहरु रक्तपातविहीन युद्धमा रहेको बताएका हुन । त्यस्तै, उनले सर्वोच्च अदालतप्रति आफूहरुको विश्वास रहेको बताउँदै अदालतले सही फैसला गर्ने बताए । 

 

संसद् विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिएका थिए ।उनले भने ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौं । देशव्यापी युद्ध चलिराखेको छ । तपाई हामी सबै युद्धमै छौं । अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ ७०÷७१ वर्षको आन्दोलनका उपलब्धीहरुलाई त्यो हतियारबद्ध हुन खोज्छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौं ।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको पनि अध्यक्ष दाहालको आरोप छ । उनले एकताको झण्डा आफूहरुले उठाएका तर, केपी ओलीले फुटको बाटो रोजेर प्रतिनिधि सभा विघटन र बिसर्जनको बाटो राजेको बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार