• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सुरक्षा परिषद् बैठक : सुरक्षा व्यवस्था कडा बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिएका छन् । 

 

प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै प्रधानमन्त्री सुरक्षा व्यवस्था थप मजबुद बनाउन निर्देशन दिएका थिए ।

 

बैठकले अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा निर्वाचनको विषय स्वतः पर्छ', बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले जानकारी दिए ।

 

सुरक्षा परिषद्को बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद्पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति थापा सहभागी थिए । सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो ।

 

संसद् पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिज्ञहरुसँग छलफल गरिरहेका छन् । विभिन्न दलका नेता र सुरक्षा निकायका प्रमुखसँगपनि प्रधानमन्त्रीले भेट गरेर परामर्श लिईरहेको स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार