• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

मन्त्रिपरिषद् बैठक जारी,सुरक्षा चासो बढ्दै

काठमाडौं । सुरक्षा परिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक अहिले जारी  छ ।

 

सुरक्षा परिषद बैठकलगत्तै मन्त्रिपरिषद बैठक डाक्नुलाई चासोका साथ हेरिएको छ ।

 

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतले आजबाट हेर्दा हेर्दैमा राखेको छ । कुनैपनि दिन फैसला आउनसक्छ ।

 

प्रधानमन्त्री ओलीले फैसला आउनुपूर्व सुरक्षा निकायसँग छलफल पनि बढाएका छन् । यसलाई संकटकाल घोषणासम्मको अग्रिम तयारीका रुपमा कतिपयले बुझेका छन ।

 

बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने सक्ने सम्भावना बढेको स्रोतले जनाएको छ ।

 

बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रूपमा वार्ताको लागि आह्वान गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार