• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

बिदेशिको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य ब्यबस्था र प्रणाली कायम गरौ : अध्यक्ष थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।


संसद विघटन सम्वन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव आवश्यक हुने बिचार ब्यक्त गरे। 
 

प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक भएको भन्दै थापाले भने 'अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्याण्डेट थिएन,काग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्नेछ ।'


गृहजिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले आज हेटौंडा -१३ को पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै निशेधको राजनीतिले मुलुकलाई संकट तर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए। थापाले बिगत १४ बर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए।

 

स्वाधिन ,सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निशेधको राजनिती परित्याग गर्नुपर्ने बताए । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बिदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो। 'बिदेशिको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य ब्यबस्था र प्रणाली कायम गरौ, जुन सहमतिको आधारित होस् ' थापाले भने।

 

भ्रष्टाचार, बेरोजगारी र धर्मपरिबर्तनले मुलुकलाई थप अधोगती तर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए । कार्यक्रममा बोल्दै नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएकोले राप्रपा अब जनताको छनौट हुनुपर्ने भएको भन्दै संगठन सुदृढीकरणमा जोड दिए ।

 

कार्यक्रममा नेताहरु राजाराम बर्तौला,गुरु सापकोटा ,इन्दिरा डल्लाकोटी, गुन्जन न्यौपाने, कृष्ण मैनाली, दामोदर वाग्ले, भबनाथ दुलाल, चन्द्र लामा, किशोर मैनाली, भृगु कार्की लगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार