रवि लामिछाने ल्याए ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले ‘ग्यालेक्सी फोरके’ नामक नयाँ टेलिभिजन च्यानल ल्याएका छन् ।
लामिछाने म्यानेजिङ डाइरेक्टर रहेको उक्त च्यानलले जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम समेतलाई स्थान दिने बताईको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले ग्यालेक्सीमा सिधा कुरा,क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहरलगायत कार्यक्रम आउने जानकारी दिए । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस