• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
बिश्व

सम्बन्ध सुधारउन्मुख, भारतमा आयोजना हुने ‘ब्रिक्स’ सम्मेलनमा चीनियाँ राष्ट्रपति सीले भ्रमण गर्ने

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिन फिङले यसै वर्ष भारत भ्रमण गर्ने सक्ने अपेक्षा गरिएको छ ।

 

भारतमा आयोजना हुने ‘ब्रिक्स’ सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनफिङ आउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतीय अखबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले सी को भ्रमण कोभिड १९ को स्थितिमा निर्भर हुने उल्लेख  छ ।

 

करिब ११ महिनादेखिको सीमा क्षेत्रको तनाबले दुबै देशको सम्बन्ध चिसिएको थियो । गत् जुन महिनामा भारत र चिनियाँ सैन्यबीच गलवान उपत्यकामा भएको भिडन्तमा दुबै तर्फका दर्जनौं सैनिक मारिएका थिए ।

 

भारतले ब्रिक्स सम्मेलनको सचिबालय गत् साता उद्घाटन गरेको थियो । चिनियाँ विदेश मन्त्रालयले भारतससहित ब्रिक्सका अन्य सदस्य राष्ट्रहरुसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ बनाउन उत्सुक रहेको प्रतिक्रिया दिएको छ ।


सीमा विवादले ब्रिक्स सम्मेलनलाई प्रभाबित पार्ने सम्बन्धमा राखिएको जिज्ञासामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ब्रिक्स सम्मेलनको आयोजनालाई लिएर भारतको समर्थन जनाएको प्रतिक्रिया दिएका छन । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार