• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आजदेखि हेर्दाहेर्दैमा

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने भएको छ ।

 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो ९सोमबार० सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो ।

 

माघ ४ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार