• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

विप्लवसँग वार्ता गर्न सरकारले कुनै शर्त राख्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लवसँग वार्ता गर्न सरकारको कुनै शर्त नरहेको बताएका छन् । 

 

गुल्मीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवलीले विगतमा सरकारले विप्लवसँग वार्ता गर्न चाहेको तर अहिले ऊ आफै वार्ताको आउने चाहना देखाएकोले सरकारको कुनै शर्त नरहेको बताए। उनले भने,‘हिंसाभन्दा शान्ति र समृद्धि चाहन्छ सरकार, विप्लव समूहसँग पनि वार्ता गर्न सकारात्मक छ।’ 

 

त्यस्तै परराष्ट्रमनत्री ज्ञवालीले मुलुक निर्वाचनमा गइसकेको दावी गरे । संसद पुनर्स्थापना नहुने जिकीर गर्दै मन्त्री ज्ञावलीले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार