• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

८८ प्राध्यापकका लागि आवेदन खुला

काठमाडौं । लामो समयदेखि समाधान नभएको आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयले प्रक्रिया अघि बढाएको छ ।

 

विश्वविद्यालयले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रियाको सुरुवात तथा स्थायी प्राध्यापक नियुक्तिका लागि विज्ञापन खुलाएको हो । स्थायी सेवाको लागि प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदमा विश्वविद्यालय सेवा आयोगले आवेदन खुलाएको हो ।

 

 १४ जना प्राध्यापक, २४ जना सह–प्राध्यापक र पाँच सय ५० जना उप–प्राध्यापक पदमा खुलातर्फ आवेदन माग गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार