• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

रुबिना दिलेकले जितिन् ‘बिग बोस’ को १४ औं संस्करणको उपाधी 

काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् । 

 

१ सय ४० दिनसम्म चलेको बहस, झगडा र ड्रामापछि रुबिना विजेता बनेकी हुन्। बिजेता बनेसँगै उनले ३४ लाख भारतीय रुपैयाँ पाएकी छिन्।

 

टेलिसिरियल ‘छोटी बहु’ की कलाकार रुबिनाले श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।

 

बिग बोसको १४औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् ।  २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ भागसम्म चलेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार