• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

प्रचण्ड–नेपाल समूहमा संगठनात्मक संरचना बराबरी भाग लगाउने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड –नेपाल समूहमा संगठनात्मक संरचनामा आधाआधा भागबण्डा गर्ने सहमति भएको छ।

 

ओली समूहसँग अलग्गिएपछि रिक्त पदमा ५० प्रतिशत हुने गरी संगठनात्मक संरचनालाई पूर्णता दिने मापदण्ड बनाइएको हो।

 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच ६०–४० को भागबण्डामा एकता भएको थियो भने अहिले विभाजन भएपछि प्रचण्ड र नेपालबीच आधाआधाको सहमति भएको छ ।

 

मापदण्ड अनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सह-इन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार