• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु !

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफु उपचारका लागि भारत जानु परेकोमा लज्जित र दुखित रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

 

आज बिहान भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए । नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिदै गर्दा आफू लज्जित र दुखित भएको उनले ट्वीटर मार्फत बताएका हुन।

 

भट्टराईले उनको स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद दिएका छन् । ‘२१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला र ?’ उनले ट्वीटरमा लेखेका छन् ।

 

उनको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएका डा.भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले त्यसको उपचारका लागि उनी आज दिल्ली गएका हुन । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार