• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटको अक्सन आज, सन्दीप पनि समावेश

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ ।

 

चेन्नईमा आयोजना हुने अक्सन दिउँसो ३ः१५ बजे सुरु हुनेछ । अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुने छन् । जसमा १ सय २५ विदेशी खेलाडी रहेका छन् । 

 

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । तर, अन्तिम छनोटमा सन्दीप मात्र अटाएका हुन् ।

 

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार