• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

चलचित्र ‘प्रकाश’ को औपचारिक निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ। दिनेश राउतको निर्देशित चलचित्रको मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो । 

 

चलचित्रमा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहनेछ। अन्य कलाकारहरुमा दिया मास्के, प्रकाश घिमिरे,पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थीलगायत कलाकारको अभिनय रहनेछ । 

 

चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्। फागुनको दोस्रो सातादेखि जुम्लामा छायांकन हुने चलचित्र सन् २०२१ भित्रै प्रदर्शन हुने जनाइएको छ। बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गर्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार