• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नेप्सेले २६ सय विन्दु नाघ्यो, निफ्रा र चन्द्रागिरीमा सर्किट

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार साढे १५ अङ्कले बढेको छ ।

 

आज दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ५० प्रतिशतले बढेर २ हजार ६ सय १ दशमलव ५१ अंकमा अडिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो ।

 

बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंक समूहको शेयर ६ अङ्कले र अन्य समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन लगायत अन्य समूहको शेयर भने घटेको छ । मंगलबार दुई सय आठ कम्पनीका एक करोड ७७ लाख ३२ हजार कित्ता शेयर १० अर्ब तीन करोड रुपैयाँमा कारोबार भए ।

 

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र चन्द्रागिरी हिल्सको सकारात्मक सर्किट लाग्ने गरी बजार बढेको छ । सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स नै देखिएको छ ।

 

दोस्रो धेरै कमाउनेमा मिर्मिरे लघुवित्त विकास बैंक रहेको छ ।  यस्तै, सबैभन्दा बढी सेयर कारोबार हुनेमा नबिल बैंक देखिएको छ । यसको ५२ करोड बराबरको सेयर कारोबार भएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार