युवाले देश बनाउँछन्
उद्योग बन्द गराउँछन,घरमा आगो लगाउँछन्
खेतीबारी छोडी बाझो हरदिन जुलुश कराउँछन्
एउटालाई सरापेर अर्कोको गुण गाउँछन्
जिन्दाबाद मुर्दाबाद मन्त्रेर युवाले देश बनाउँछन्।
लाठा भाटा बोकी सके
अब धनुषकाँड चलाउँछन्
इक्काइसौंँ शताब्दिमा अब
युवाले देश बनाउँछन्।
अहिलेसम्म त लुगा लाउँदैछन्
अब चाँडै त्यो पनि फुकाउँछन्
पुल्ठो बालेर दिउँसै
अब युवाले देश बनाउँछन्।
चल्ने बन्द गराउँछन्
नचल्ने सब जलाउँछन्
उभिएकालाई ढलाएर
अब युवाले देश बनाउँछन्।
घोचामा नरमुण्ड बोकी
बहादुरी देखाउँछन्
मानिसको लास बोकेर
गाउँ शहर घुमाउँछन्
अब युवाले देश बनाउँछन्।
प्रतिकृया दिनुहोस