• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरेको हो ।

 

परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए  जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ।

 

कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ। बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो।

 

‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिनेछ । यस्तै परीक्षा स्थगित भएका परीक्षार्थीको विवरण बोर्डको वेभसाइट मा हेर्न सकिनेछ। यस्तै परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np लगायत एसएमएस सर्भिस र आईभीर सर्भिस लगायतबाट हेर्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार