• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फेशन

अब पालो 'मिस एण्ड मिसेज रौनियार २०२१' को

काठमाडौं । रौनियार समुदायको युवती तथा महिलाहरुको लागि नयाँ अवसरको साथ 'मिस एण्ड मिसेज रौनियार २०२१' आयोजना हुन भएको छ । 

 

प्रतियोगितामा उमेर हद १६ वर्ष देखि माथी कुमारी र विवाहित जतिसुकै उमेरका नेपाल–भारत सहित विश्वको कुनै पनि ठाँउमा बसिरहेका रौनियार समुदायका यस देशका महिला तथा युवतीहरु सहभागिता जनाउन पाउनेछन् ।

 

क्रिएटिभ ड्रप्सको आयोजनामा हुन गइरहेको मिस एण्ड मिसेस रौनियार २०२१ ”इभेन्ट डाइरेक्टर संजय रौनियारले यस्तो प्रतियोगिताले रौनियार समुदायका युवती र महिलाहरुलाई अनेकन अवसर र सिकाईको वातावरण मिल्ने बताए  । 

 

भारतको मुम्बई देखि काठमाडौंमा समेत विगत १५ वर्ष देखि फेशन फोटोग्राफीका साथै  व्यापारिक विज्ञापन उत्पादक तथा मोडलिङ्गको क्षेत्रमा काम गरिरहेका एस फोटोग्राफर, इभेन्ट डाइरेक्टर संजय रौनियार यस प्रतियोगिताले  महिला तथा युवतीको व्यक्तित्व विकासका लागि नयाँ आयाम सावित हुने दावी गर्छन् । उनी भन्छन, दशकौं देखि यस क्षेत्रमा काम गरिरहेको र कैयौंलाई काम सिकाएको छु,अव आफनो समुदायको लागि पनि केहि गरौं भन्ने उद्देश्यले 'मिस एण्ड मिसेस रौनियार' आयोजना गर्न लागेका छौं ।

 

जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहने प्रतियोगितामा सहभागी रौनियार समुदायका युवती एव विवाहित महिलाहरुलाई बिभिन्न तालिमहरु ग्रुमिंगक्लास कसरी बोल्ने ,कसरी हिड्ने,कसरी आफुलाई प्रस्तुत गर्ने, प्रश्न उतर कसरी दिने,आफ्नो परिचय कसरी दिने,पब्लिक स्पिकिंग ,रेम्पवाक,आईकन्ट्याक,फेशियल एक्सप्रेसन, बडी लेंगवेज, क्लोथ डिस्प्ले कन्फीडेन्ट बढाउने आदि प्रशिक्षणका साथै सबन्धित क्षेत्रका बिज्ञहरुबाट अन्य बिभिन्न कक्षाहरु ,फोटोसेशन टिप्स ,फेशनटिप्स, मेकअपटिप्स, मेडीटेशन,डान्स, पब्लिकस्पिकिंग, पर्सनालिटी इनरिचमेन्ट, सोसलवर्क, लिडरशिप ,सेलेब्रिटीसँग कुराकानी लगाएतमा  सहभागी गराइनेछ  । 

 

नेपालको बिभिन्न ठाउँमा अडिसन गरिने यस प्रतियोगताको छिट्टै तयारी गरेर पहिलो अडिशन काठमाडौंमा नै हुनेगरि समय तालिका सार्वजानिक गरिने र ’ प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार नगद पुरस्कार राशी सहित व्यापारीक विज्ञापनमा मोडलिङ्गको अवसर, अन्तराष्ट्रिय स्तरको फोटो शेसन सहित, घरायसी उत्पादनको व्यापारीक विज्ञापनमा पनि मोडलिङ्गको अवसर अवसर प्राप्त हुने आयोजकले जानकारी  दिए

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार