• शुक्रबार ११-१४-२०७७/Friday 02-26-2021
अर्थ

गरिमा विकास बैंकद्धारा 'स्मार्ट टेलर' को सुरुवात

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाइल बैकिङ्ग मार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरी पैसा झिक्न मिल्ने 'स्मार्ट टेलर' को सुरुवात गरेको छ। 

 

यो सुविधा तत्कालको लागि लाजिम्पाट शाखाबाट मात्र उपलब्ध हुनेछ भने बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने बताएको छ। 

 

डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालले बताए । 

 

गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ । 
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार