• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

मुख्यमन्त्री राईले मोडल जाङमु शेर्पासँग कसे लगनगाँठो

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन ।

 

मुख्यमन्त्री  राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कस्नेका हुन। ४९ वर्षीय शेरधन राईले आफूभन्दा २६ वर्ष कान्छी मिस मंगोल २०१८ जाङमु शेर्पासँग विवाह गरेका हुन ।

 

आइतबार काठमाडौंको एक पार्टी प्यालेसमा मोडल शेर्पासँग विवाह गर्नुभएका मुख्यमन्त्री राई र शर्पा दुबै आ–आफ्ना परम्परागत पहिरनमा सजिएका थिए ।

 

राईले आइतबारै साँझ दिने रिसेप्सनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतका व्यक्तिहरुलाई निम्तो पठाइएको उनको निकट स्रोतले जनाएको छ । मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङमुको संखुवासभा हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार