• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

संसद् विघटनलाई असंवैधानिक भन्नेहरु लोकतन्त्र विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् ।

 

अपांगता भएका व्यक्तिहरु संगको  साक्षात्कार कार्यक्रममा आइतबार उनले संसद् विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको टिप्पणी गरेका छन ।

 

प्रधानमन्त्रीले संसद् पुनस्स्थापना गर्न चाहनेहरु देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप समेत लगाएका छन ।

 

संसद् पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उनको अडान छ ।

 

देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओलीले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार