• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

आतंकवादी आक्रमणको सुचना पछि दिल्लीमा ‘हाई अलर्ट’, ८ रोहिंग्या प्रहरीको नियन्त्रणमा

काठमाडौं । भारतको राजधानी दिल्लीमा आतंकवादी आक्रमणको सुचना पाएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

 

आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको हो ।

 

देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

आतंकवादीहरुले जारी किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि स्थानमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ । रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ ।

 

यसैवीच आतंकवादी आक्रमणको सूचनाका आधारमा दिल्लीबाट आठ रोहिंग्यालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार