• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो ।

 

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरेको हो ।

विभागले करिब २९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जनाएको छ ।

 

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागले जनाएको छ ।

 

वि.स। २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

 

अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिने  विभागले जनाएको छ  ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार