• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

आज सबै प्रदेशमा कोरोनाविरुद्धको खोप पुर्‍याइँदै

काठमाडौं । आइतबार सबै प्रदेशका भण्डारणमा कोरोनाविरुद्धको खोप पुर्‍याउने तयारी भएको छ। त्यहाँबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्‍याइने छ । 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोपशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिए । खोप लगाउन जनशक्ति तयार पार्ने काम भइरहेको उनले बताए । 

 

पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ। तर,अहिलेसम्म पनि खोप लगाउन सुरु गर्ने मिति भने तोकिएको छैन ।

 

कोरोनाविरुद्धको खोप १८ वर्षमाथिका उमेर समूहलाई मात्र दिइने छ। नयाँ भएकाले खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ। डा.गौतमका अनुसार गर्भवती, सुत्केरी र कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार