• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

पूर्वजनमुक्ति सेनाका कमान्डरहरुलाई प्रधानमन्त्री ओलीले भने, ‘मसंग ढुक्क रहनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गरेका छन्।

 

माओवादी ‘जनयुद्ध’ प्रति असहिष्णु रहँदै आएका प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पूर्वमाओवादीहरुलाई आफूतिर आकर्षण गर्न थालेका छन्। भेटमा पूर्वजनमुक्ति सेनाहरुको वास्तविक समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

'प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा पूर्व लडाकुहरुले पुर्‍याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको सुनाएका थिए । नेतृत्वले तपाइँहरूका भावनाको दुरूपयोग गर्‍यो,’  थापाले 'ओलीको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेका छन्, 'यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाइँहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार