• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

स्वास्थ्यकर्मीपछि जेष्ठ नागरिकलाई कोरोनाको खोप उपलब्ध गराउन जेष्ठ नागरिक महासंघको माग

काठमाडौं । जेष्ठ नागरिकहरूले आफ्नो सीप, ज्ञान र अनुभवलाई राज्यले उपयोग गर्न नसकेको गुनासो गरेका छन् ।

 

काठमाडौंमा शनिबार भएको जेष्ठ नागरिक आवाज सामाजिक– मौलिक इतिहास नामक पुस्तकको विमोचन समारोहमा सहभागीहरुले जेष्ठ नागरिकको सीप र अनुभव राज्यले उपयोग गर्न नसकेको टिप्पणी गरेका छन ।

 

जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले कोरोना महामारीबाट नेपालमा पनि जेष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित भएको भन्दै खोपको उपलब्धतामा स्वास्थ्यकर्मीपछि जेष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन ।

 

समारोहमा संस्कृतिविद् डा. रमेश ढुंगेलले नेपालको संस्कृति, सामाजिक, आर्थिक लगायतको परिवेश बुझ्न ज्येष्ठ नागरिक आवाज पुस्तक दस्तावेजको रूपमा रहेको बताए । 


सङ्खुवासभा जिल्ला पाठकधारा टोल विकास संस्थाले प्रकाशन गरेको ज्येष्ठ नागरिक आवाज पुस्तकमा एक सय जना जेष्ठ नागरिकका १ सय वटा इतिहास र अनुभव समेटिएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार