• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

८ जना सङ्क्रमितको मृत्यु,कोरोना भाइरसका २३२ जना सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार १८० पुगेको छ । 

 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३८६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या  २ लाख ६३ हजार ७३४ पुगेको छ । यस्तै नेपालमा पछिल्लो चौबीस घण्टामा  कोरोना संक्रमणका कारण  ८ जनाको मृत्यु भएको छ ।  उक्त मृतकसँगै नेपालमा कोरोना बाट मृत्यु हुने एक हजार ९९४ पुगेको छ ।

 

हाल तीन हजार ४५२ जना आइसोलेशनमा र १४७ जना क्वारेन्टिनमा छन् । हाल तीन हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार