• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

 काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आज बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौंमा २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको बैंकले जनाएको छ ।

 

यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट ३ जना र सर्वसाधारण समुह “ख” बाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना सञ्चालकहरु निर्विरोध  निर्वाचित भएका छन। साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट श्री उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको छ ।

 

समुह “क”बाट सञ्चालकहरुमा श्री मोहन बहादुर बस्नेत र श्री ईमान सिंह लामा निर्वाचित हुनु भएको छ भने समुह “ख” बाट श्री चन्द्रप्रसाद बास्तोला, श्री सुमन कुमारी जोशी र श्री निशेष प्रधान निर्वाचित हुनु भएकोछ । सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।

 

बैंकले आर्थिक वर्ष २०७६÷७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार