• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनले काठमाडौंका सवारी–साधन अस्तव्यस्त

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन राजधानी सुरू भएको छ । 

 

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विरोध जुलुस निकालिएका कारण उपत्यकाका विभिन्न रूटमा ट्राफिक जाम हुनुका साथै अस्तव्यस्त देखिएको छ । विभिन्न ठाउँमा सवारी अँवागमन अवरूद्ध हुँदा सर्वसाधारण तथा नियमित काममा जाने यात्रुलाइ सास्ती भएको छ ।

 

प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी–साधनलाई सभागृहमोड र पद्यमोदयबाट आउने–जाने व्यवस्था मिलाइएको छ । रणोद्धीपबाट भोटाहिटीतर्फ आउने–जाने सवारी–साधनलाई डाइभर्सन, भोटाहिटीबाट जमल हुँदै घण्टँघर आउने सवारी–साधनलाई तीनधारा पाठशाला हुँदै महेन्द्र सालिकतर्फ पठाइएको छ । आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएको छ । त्यसैले सो सडकखण्डमा गाडी चलेका छैनन् ।

 

दाहाल–नेपाल समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्दै छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

स्थायी कमिटी सदस्यहरुले (यालीको नेतृत्व गरेका छन् । पार्टी नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोधसभामा परिणत हुने नेकपाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार