• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

भोलिदेखि हेटौंडा-कुलेखानी सडक दुई महिनाका लागि बन्द हुँदै

हेटौंडा । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ। निर्माणाधीन भीमफेदी-कुलेखानी सडकखण्ड ९भोलि० शनिबारदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो ।

 

भीमफेदी-कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ।

 

वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी-कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द हुन लागेको जानकारी दिए ।

 

भीमफेदी-कुलेखानी सडक बन्द भएपछि हेटौँडाबाट काठमाडौं आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार