• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

आज दाहाल–नेपाल समूहको राजधानीमा जनशक्ति प्रदर्शन, चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले काठमाडौंमा गर्ने शक्ति प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ । विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले काठमाडौंको चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन ।

 

माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्किने छन् । जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी हुन निर्देशन दिइएको छ ।

 

जुलुस भृकुटीमण्डपमा शक्ति प्रदर्शनको रुपमा प्रदर्शन हुनेछ । उनीहरुको प्रदर्शनका कारण सडक अवरुद्ध हुने भएकाले गाडीहरुलाई आवश्यकताअनुसार डाइभर्सन गरिने महाशाखाले जनाएको छ ।

 

प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन २ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने बताईएको छ  रत्नपार्कमा हुने विशाल विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । रत्नपार्कमा हुने विशाल विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

यस्तै काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार