• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

ओलीले कम्युनिष्टको नाम बर्बाद गरे : माधव नेपाल

सुर्खेत । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

 

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले तीनदिने स्पष्टिकरणको जवाफ दिने आँट ओलीले नगरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन ।

 

नेपालले ओलीले कम्युनिष्टको नाम बर्बाद गरेको आरोप लगाउँदै ओलीको कदम विरुद्ध जन-सागर उर्लिएको भन्दै ओली समुहमा गएकाहरुलाई फर्कन आह्वान समेत गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार