• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

कोरोना खोप बनाइरहेको भारतको सीरम इंस्टीट्यूटमा आगलागी

काठमाडौं । कोरोनाको खोप बनाइरहेको भारतको सीरम इंस्टीट्यूटको नयाँ प्लान्टमा आगलागी भएको छ ।

 

इंस्टीट्यूटको टर्मिनल १ मा आगलागी भएको हो । आगलागीको कारण  खुलेको छैन  भने अहिले दमकलले आगो निभाइरहेको छ । अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोप अहिले भारतमा बनेर नेपाल सहित विश्वका अन्य देशमा पनि पठाइएको छ । 

 

गतवर्ष केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धनले यस प्लान्टको उद्घाटन गरेका थिए। नयाँ प्लान्टबाट अहिलेसम्म खोप उत्पादन सुरु गरिएको थिएन । ३ सय करोडको लागतमा बनेको नयाँ प्लान्टमा ठूलो परिणाममका कोरोनाको खोप बनाउने योजना थियो ।एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार