• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका सबै वडामा प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध आज सवै वडामा प्रदर्शन गरेको छ ।

 

पूर्व घोषित विरोध कार्यक्रम अन्तर्गत आज देशभरीका ६ हजार ७४३ वडाहरुमा काँग्रेसले विरोध कार्यक्रम गरेको हो । प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनस्र्थापना हुनु पर्ने मुख्य माग राख्दै काँग्रेसले लगातार विरोधका कार्यक्रम गर्दै आइरहेको छ ।

 

दोस्रो चरणको आन्दोलन अन्तर्गत आज अन्तिम कार्यक्रम हो भने अर्को चरणलाई कसरी अगाडि बढाउने भन्ने बारेमा निर्णय गर्न यही माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाइएको काँग्रेसले जनाएको छ । 

 

काँग्रेसमा सभापति शेरबहादुर देउवा लगायतका बरिष्ठ नेता रामचन्द्र पौडेल, गगन कुमार थापालगायतका नेताहरुले प्रतिनिधि सभा पुनस्र्थापना नै पहिलोे अडानको रुपमा उठाउदै आइरहेका छन ।

 

अदालतको आदेशलाई मान्नु पर्नेलगायतका विषयमा एकमत हुदै काँग्रेसका नेताहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार