• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

‘कोरोना सँगसँगै ओली भाइरससँग लड्नुछ'

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले कोरोना सँगसँगै ओली भाइरससँग लड्नु पर्ने बताएका छन् ।

 

आज (बिहीबार) सामाजिक सञ्जालमा ट्वीट गर्दै डा.भट्टराईले भने,  ‘कोरोना सँगसँगै ओली भाइरससँग लड्नुछ ।’ प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि जसपा विरोधमा उत्रिएको छ ।

 

उनले लेखेका छन्, मागेको धोतीले मेरो लाज छोपिन्न,’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो, ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे बाँकीलाई कहिलेसम्म होला, कता हात थाप्ने होला,१ फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ।

 

भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुगेको छ । हिजो (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार