• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

के गर्दैछिन् बलिउड कि टार्जन गर्ल 'किमी काटकर' 

काठमाडौं । बलिउडमा टारजन वा भनौं जंगली जनावरहरुमाथी धेरै फिल्महरू बनेका छन् । १९८५ मा निर्माता निर्देशक बि.सुभाष ले 'टार्जन' फिल्म बनाएका थिए। उनले टाइजनमा भुमिकाको लागि अभिनेता हेमन्त वीरजेलाई चुनेका थिए भने, अभिनेत्रीको भुमिकामा  किमी काटकरलाई लिएका थिए।

 

किमीले पनि त्यस समय बलिउडमा केही चर्चा बटुल्न थालिसकेकी थिइन । तीन करोडमा तयार भएको यस फिल्म 'बी-ग्रेड' मा पर्दछ। तर, पनि यो फिल्म बकस अफिसमा सुपरहिट रह्यो । फिल्मको सफलताको सार टाइजन गर्ल 'किमी काटकर' लाई दिइएको थियो

 

किमीले फिल्ममा मज्जाले नै आफनो शरिरिको एक्सपोज गरेकी थिइन जसलाई भारतीय आम दर्शकहरुले धेरै नै रुचाएका थिए ।  कामुक शैलीबाट उनले आफ्नो भुमिका दर्शकहरू माझ प्रस्तुत गरेकी थिइन, र उनले यसपछि किमीलाई सेक्स साइरनको उपाधी दिएका थिए । फिल्ममा निकै कम कपडाहरूको प्रयोग भएका थिए। जसका कारण किमीले विन्दास तरिकाबाट आफ्नो भुमिका प्रस्तुत गरेकी थिइन।

 

टार्जनको सफलताले अभिनेता हेमन्त बिरजेलाई खासै केही फाइदा ‍भएन। केही बी र सी ग्रेड फिल्ममा देखिएपछि किमी काटकर लाई महत्त्वपूर्ण अफरहरू आए। त्यसैले उनी धर्मेन्द्र,जीतेन्द्र देखि लिएर अनिल कपुर, जैकी श्राफ, गोविन्दासम्मका कलाकारहरुसँग अभिनयमा देखिन थालिन। उनले महानायक अमिताभ बच्चनकोसँग फिल्म 'हम' मा पनि अभिनय गरिन् । फिल्मको 'जुम्मा चुम्मा' भन्ने गीतले किमीले बलिउडमा धेरै नै चर्चा कमाएको थियो।  यसपछि  उनी हरेक फिल्महरुमा गल्यामर गर्लका रूपमा देखिन थालिन। 

 

लगभग आठ वर्षसम्म फिल्मी क्षेत्रमा छाईरहेकी किमीले अचानक फिल्मी क्यारियर छाडिन र बिवाह बन्दनमा बाधिइन । किमीले अचानक फिल्म क्षेत्र छाडेको कुराले बलिउडमा धेरैलाई चकित बनाएको थियो। उनले बलिउड छाड्नुको कारण उनीसँग फिल्म नभएर अवश्य होइन । बलिउडमा यो पनि सुनिन्थ्यो कि किमी फिल्म क्षेत्रमा रहँदा भेदभावको कारण दुखी थिइन्। यसै कारणले पनि उनले यो क्षेत्र छाड्नु परेको भन्ने धेरैको भनाई छ ।  

 

किमीले सान्तनु नाम गरेका फोटोग्राफरसँग विवाह गरेकी थिइन ।अहिले उनीहरूको एउटा बच्चा छ । जसको नाम सिद्धार्थ हो। किमीको जीवनमा तब एउटा ठुलो तुफान आयो जब उनले थाहा पाइन, उनको बच्चालाई ठुलो रोग लागेको छ। उनीहरु बच्चाको उपचारको लागी अस्ट्रेलिया गए । उपचार चल्दै थियो, त्यसकारण उनीहरु केही वर्ष अस्ट्रेलियामा नै बसे। त्यसपछि उनीहरु भारत आए र पुणे तथा गोवामा बस्न थाले । 

 

अब उनी फिल्मको क्षेत्रमा नलाग्ने जस्तो देखिन्छ । उनी सोसल मिडियामा पनि कम नै देखिन्छिन् । एउटा सेक्स बमको छवीबाट बलिउड फिल्म जगतमा उदाएकी किमी काटकर उदास भएर यसरी हराउँछिन् भन्ने कसैले कल्पना समेत गरेको थिएन । वेभ दुनियाँ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार