• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

लेखक तथा पत्रकार वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकमा मञ्चन हुने

काठमाडौं । लेखक तथा पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित रहेर नाटक मञ्चन हुने भएको छ।  

 

उपन्यासलाई नाटकमा रुपान्तरण सुरज सुवेदीले गर्दैछन् भने नाटकको मञ्चन चैत्र वा वैशाखमा हुने निर्देशक बिमल सुवेदीले जानकारी दिए ।

 

‘१५ बर्ष अगाडि लेखिएको पुस्तकले भन्न खोजेका कुराहरु आज पनि ताजै रहेकाले यो कथा कहिल्यै पुरानो हुन्छ भन्ने मलाई लाग्दैन,भन्छन् निर्देशक सुवेदी। नाटकले द्धन्द्धका घाउहरुसँगै प्रेमको कथा भन्छ ।’

 

नाटकमा स्वस्तिमा खड्का, समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुश्मा राई, रोशन निरौला, कपिल राई लगायतका कलाकारले अभिनय रहनेछ । उपन्यास ‘पल्पसा क्याफे’ मदन पुरस्कार विजेता पुस्तक हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार