• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

सन्जिब र मेलिनाको गीतमा सरोज र आश्माको अभिनय

काठमाडौं । गायक सन्जिब पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्वजनिक भएको छ । 

 

गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’को एरेन्ज छ । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

 

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् । 

 

काठमाडौंको अनुप्रास्ता पार्टी प्यालेसमा छायांकन गरिएको गीतमा फराज अर्पणको छायांकन र सम्पादन, दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्देशन छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार