• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

मेरी सपना

सपना !

 

सुमधुर माया र धेरै धेरै सम्झना तिमीलाई,

 

आज मंसिरको १९ गते भयो थाहा छ तिमीलाई धेरै चिसो बढिरहेको छ, बतासे डाँडामा सिरेटो चले झै र सगरमाथामा हिउँ परे झै मेरो मनको तरंगमा पनि त्यस्तै भइरहेको छ सायद तिम्रो यादले गर्दा होला।  

 

स्नातक तह पहिलो बर्ष पढ्दा भेटेको सपना आज धेरै बर्ष भईसकेछ । समय कति चॉंडो बितेको होला है, त्यो बेलाको चाहना, जवानी र माया कति निश्चल थियो कति पवित्र थियो कति रहरलाग्दो र रमाईलो थियो नि । समयले आज कहॉं पु(यायो हामीलाई न त तिम्रो खबर थाहा पाउँछु - बस याद मात्र मुटुको धडकन् बनेर उच्च रक्तचापको रुपमा उफ्रिरहन्छ सपना।

 

कैलाली, टिकापुर कि जमिनदार र ब्यापारी घरानाकी एक मात्र छोरी सपना तिमी त ज्याकलिन फर्नान्डीज कुनै नजरबाट विलियम केट जस्तै लाग्थ्यो । तिमीले भन्थ्यौ कि कहिले काहीँ म तिमीसँग रिस्साएर हिड्दा तिमी धेरै घमण्डी छौ त्यस्तो नहुनु जिन्दगीमा म जस्ती माया गर्ने मान्छे पाउनु त तिम्रो भाग्यको कुरा हो त्यसैले शंका नगर म तिम्रै हो भन्थ्यौ। त्यतिकैमा घत लाग्दो कुरा गरेकी थियौ 'जब नङ बढ्छ तब नङ काटिन्छ औला होईन-त्यसरी नै सम्बन्धमा शंका बढ्छ तब शंका काटिनु पर्छ सम्बन्ध होईन' यो कुराले मलाई असाध्यै मन छोयो।


हुनत जति धेरै माया लाग्छ अनि माया गरिन्छ त्यहॉं पक्कै शंका हुन्छ मैले पनि कति नबुझेर तिमीलाई शंका गर्थेँ, कति फोन उठाउदिनथेँ कति दिन बोल्दिनथेँ तर तिमी बिरामी भएर अस्पतालमा हुन्थ्यौ त कहिले आमा बुवासँगै भएको बेला बोल्न नमिल्दो रहेछ तर म रिसले मुर्मुरिन्थेँ अहिले लाग्छ सपना म कति मुर्ख रहेछु कति बदमासी है त्यसैले अहिलेका प्रेमिल जोडीहरुलाई एउटा सन्देश पनि होस् भनेर तिमी मार्फत सन्देश दिदैछु यथार्थ बुझ्नु पर्छ मायामा।

 

सुरु सुरुमा भृकुटीमण्डपको सपना कोल्ड स्टोरमा तिमीले प्रायस् सधै खाजा खुवाउँथ्यौ (वास्तवमा मलाई खासै चना मन पर्दैनथ्यो अण्डा मात्र मन पर्थ्यो) फिल्म हेर्न जाँदा तिमीले नै टिकट काट्थ्यौ तिमीले मलाई जिम गर्नको लागि डाईट मिलाएर किनिदिन्थ्यौ सायद बिर्स्यौ कि ? जिन्दगीमा कहिल्यै हरेश नखाउ राजा, म तिमीलाई कुनै कुरामा कमि हुन दिन्न भन्थ्यौ, तिमीले बिदेश जानु पर्दैन तिमीले जागिर खानु पर्दैन मात्र मलाई माया गरे पुग्छ भन्थ्यौ नि सपना ! कति धेरै माया गर्थ्यौ तर त्यो माया क्षणभरको रहेछ प्यारी, मलाई जीवनभर आँशुको सागरमा डुबिरहनु पर्ने रहेछ तिम्रो मायामा।  

 

जोशी थर कि उच्च घराना कि तिमी अनि राम्री तिमी सबै कुराले पूर्ण तिमी१ म सुदूर पूर्वको एउटा मध्यम परिवारको त्यो समयमा पूर्व भन्दा पश्चिम तिर जातको सवाल धेरै हुन्थ्यो र अहिले पनि सायद उस्तै होला। तर म फरक जातसँग सम्बन्ध जोड्न चाहन्थेँ जुन वैज्ञानिक होस् जुन पृथक होस् । तिमीले नचाहँदा नचाहँदै मेरै जवर्जस्तीमा आफ्नो इज्जत जोगाउन नेपाली सेनाको अधिकृत हुन पुगेँ । खरिपाटीमा ट्रनिङ् अवधिमा तिमीले गरेको आत्मियता, माया र योगदानको सधै ऋणी छु।  

 

पुतलीसडकमा स्कुटर दुर्घट्नामा परी संसार छाडे देखि मेरो जीवनले कुनै मोड या दिशा लिएको छैन सपना। मेरो खुशी मेरो संसार यो धर्तीमा नरहेपछि बॉंचे पनि जिन्दगी उत्साह बिनाको उमंग बिनाको जिउँदो लास सो सरह भएको छ। प्रेम त दुनियॉंको सबै भन्दा ठुलो शक्ति रहेछ भनौ तागत रहेछ जसले संसार जित्ने आँट आउँदो रहेछ तर जो प्रेम गर्ने मान्छेको अभावमा जिउन कति कठिन हुँदोरहेछ थाहा हुँदैछ आजभोलि सपना।

 

सपना, स्वर्गमा छ्यौ या कहॉं छ्यौ तिमी ? थाहा छैन तर तिमीलाई उस्तै माया छ उस्तै सम्झना छ र उस्तै याद छ। तिम्रो आत्मा खोलामा छ या बगरमा छ सपना भीरमा कतै पीरमा या कुनै अप्ठ्यारोमा फसेकी छ्यौ कि यदि फसे तिम्रो आत्माले शान्ति पावस् भनी कहिले शयम्भु कहिले बौद्द त कहिले ठाँउ ठॉंउको मठ-मन्दिर, गुम्बा र चैतन्यमा गई १०८ बति म बॉंचुन्जेल बालिरहन्छु तिम्रो आत्माको शान्तिको लागि !


बस् मेरो यो कतर्व्य हो तिम्रो लागि मलाई यहि कतर्व्य छोडेर गए कि छ्यौ कहिल्यै तोड्ने छैन बॉंचुन्जेलको लागि । तिमी सधै स्वर्गमा खुशी भएर बस्नु मलाई आशिबार्द दिनु सपनीमा याद दिलाउनु  हरक्षण हरपल र हर-मौसम है ! 

 

भौतिक शरीर साथमा नभए पनि तिमी सधै मेरो यादमा छौ !
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार