• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

नाजिर र रेश्माको 'माया किन मोडियो'

काठमाण्डौ। सुव्रतराज आचार्य निर्देशित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रवार एसजी मेलोडी नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया किन मोडियो' बोलको गीतमा सुदन गैरेको स्वर र संगीत रहेको छ भने किरण घिमिरे ‘माइकल’ को शब्द सिर्जना छ । गीतको भिडियोमा नाजिर हुसेन र रेश्मा घिमिरे फिचर छन् ।

 

प्रतिमा शर्माले निर्माण गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन्। उत्सव दाहालले खिचेको भिडियोको स्क्रिप्ट निर्देशक आचार्यका छोरा तथा कलाकार साइव्रत आचार्यले तयार पारेका हुन् । उनी यस भिडियोका सहायक निर्देशक पनि हुन्। भिडियोको कन्सेप्ट भने गायक गैरे स्वयंको हो । 

 

भिडियोमा नाजिर र रेश्मा बीचको मित्रता देखाइएको छ। भिडियोमा मुस्कान शाह र एलिश खनालको सह-अभिनय रहेको छ भने बालकलाकारहरु साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ । भिडियोको सम्पादन तथा कलर ग्रेडिंग बिकास दाहालको रहेको छ भने प्रडक्शन म्यानेजर दिपेन गौतम 'माईकल' हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार