• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

अम्गाईको शव्दमा 'माया तिरिरिरी' सार्वजनिक

काठमाडौं ।  गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत ‘माया तिरिरिरी’  सार्वजनिक भएको छ ।

 

राधा र कृष्णको प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारित ‘माया तिरिरिरी’लाई ईनाक्षी इन्टरटेन्मेन्टमार्फत सार्वजनिक भएको हो ।

 

‘माया तिरिरिरी’मा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत अनि साहास शाक्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

 

शिशिर श्रेष्ठको निर्देशन, ज्ञानेन्द्र शर्माको क्यामेरा, सुबोल थापाको कोरियोग्रफी र अमृत चापागाईको सम्पादन रहेको भिडियोलाई एनाक्षी इन्टरटेण्टमेन्टको युट्युब च्यानलले बजार ब्यब्स्थापन गरेको हो भने जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा भिडियो निर्माण गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार