• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रचण्ड-माधव समुहले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने

काठमाडौं । नेकपा प्रचण्ड-माधव समुहले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । 

 

संसद पुनस्र्थापनाको माग गर्दै नेकपा प्रचण्ड माधव पक्षले काठमाडौंमा विशाल प्रदर्शन गर्न लागेको हो । 

 

शुक्रबार पेरिसडाँडामा बसेको बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । नेकपाले संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।

 

प्रवक्ता नारायणकाजी श्रेष्ठका नेकपाको दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु अझ सशक्त पारिने बताएका छन् ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार