• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सुदीपले ल्याए 'दिलमा फोटो'

काठमाडौं । छायाँकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तिकै अगाडि बढिरहेका छन्। उनले पछिल्लोपटक निर्देशन गरेको 'दिलमा फोटो' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

 

आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शब्द रचना र संगीत रहेको छ। रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको सानदार कोरियोग्राफी छ।

 

भिडियोमा रेनिष फागोको कलर र मनोहरि पौडेलको प्रडक्सन रहेको छ। भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अनस्क्रिन रोमान्स गराएका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार