• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको छ : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य र चाहना नभएको बताएका छन् ।

 

नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको अन्र्तक्रियामा बोल्दै अध्यक्ष नेपालले ओली जहाँसुकै गएपनि  बहुमत कहीँ पनि नभएको बताए ।

 

उनले केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको पनि भने । निस्सासिएपछि हामी बोल्न बाध्य भएको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गरेको जनाए ।

 

पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्दैनन्, मेरो निर्णय पार्टीको निर्णय हो भन्छन्,’ उनले भने । प्रतिनिधि सभाको विघटन संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने उनले धारणा थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार