• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

थपिए ४०३ कोराना संक्रमित, ६ जनाको मृत्यु 

काठमाडौं । पछिल्लो चौबीस घण्टामा पाँच हजार ३२ सय जनाको पीसीआर गरिएकामध्ये ४०३ को नतिजा पोजेटिभ आएको छ ।

 

यो संगै संक्रमितको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ पुगेको छ ।

 

त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सय पाँचजना निको भएका छन् भने  देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ । 

 

हालसम्म क्‍वारेन्टिनमा २३१ जना छन् भने चार हजार चार सय २६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

 

यस्तै पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार