• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

करिब १० महिनाको विश्रामपछि आजबाट खुल्यो रंगमञ्च (विज्ञप्ति सहित)

काठमाडौं । कोभिड-१९ का कारण बन्द भएका नाटकघरहरु करिब १० महिनाको विश्रामपछि आजबाट खुलेका छन् । 'सबै सुरक्षाका नियमहरुलाई पालना गर्दै फेरि नाटकघरहरु संचालनमा ल्याउने हाम्रो सामुहिक निर्णय अनुसार यही २०७७ साल माघ १ गतेदेखि क्रमश अधिकांश नाटकघरहरु खोल्ने निर्णय गरिएको छ,' थिएटर हबद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 

 

नेपालका नाटकघरहरुका लागि काम गरिरहेको थिएटर हबको नेतृत्वमा बन्द रहेकामध्ये आठ नाटकघर एकैपटक खुल्न लागेका हुन् । यी आठ नाटकघरमा हरेक दिन एउटा-एउटा कार्यक्रम गरेर नाटकघर पुन : सञ्चालनमा आउन लागेका हुन् ।

 

‘६ पात्रको एकालाप’ नामक  नाटक माघ १ गते बत्तीसपुतलीस्थिति शिल्पी थिएटरमा साँझ ४ बजे मञ्चन हुनेछ । दोस्रो दिन २ गते कौसी थिएटरमा प्लेब्याक थिएटर ‘हराउँदै...भेटाउँदै’ साँझ ५ बजे मञ्चन हुँदैछ । त्यस्तै तेस्रो दिन ३ गते शनिबार भने कुनै पनि नाटक मञ्चन हुनेछैन । चौथो दिन ४ गते विराटनगरको झोराहट थिएटरमा बिहानको ८ बजे नाटक कोरोना टाइम्स मञ्चन गरिनेछ । 

 

पाँचौं दिन ५ गते विराटनगरकै आरोहण गुरुकुलमा दिउँसो ३ बजे नयाँ नाटकको नमुना र मञ्चनबारे छलफल कार्यक्रम छ। छैटौं दिन ६ गते पोखरास्थित पोखरा थिएटरमा नाटक महोत्सव घोषणाको पत्रकार सम्मेलन राखिएको छ । 

 

यसैगरी सातौं, आठौं र नवौं दिन क्रमश: ७, ८ र ९ गते मण्डला थिएटरमा दिउँसो ३ बजे, कोरोनाअघि र पछिको रंगमञ्च र अबको बाटोबारे संवाद, शैली थिएटरमा दिउँसो १ बजे शैली संवाद र थिएटर मलमा अन्तिम दिन अर्थात् ९ गते दिउँसो २ बजे पोयट्री पटरी, रंगकर्मीहरुको कविता वाचन कार्यक्रम रहेको छ । 

 

प्रेस विज्ञप्ति सहित


कोभिड १९ को कारणले संसारलाई नै सिथिल बनाएको घटना सबैमा सर्वविधितै छ । यसको प्रभाव नेपालमा पनि सघन रुपमा पर्यो । आम जनजीवन एकान्तबासमा गएपछि नेपालको रङ्गमञ्च पनि एकान्तबासमा पुग्यो । सिनेमाघर, होटल–रेन्टुरेन्ट, व्यापार–ब्यवसाय, कार्यालय, पर्यटन, यातायातसँगै नाटकघरहरु बन्द भए । नाट्य मञ्चनहरु रोकिए । रङ्गकर्मीहरु आर्थिक र मानसिक दुवै रुपमा ठुलो संकटमा पयौँ । हामीले बारम्बार छलफल र बैठक गर्यौँ । र, करिव दश महिनाको विश्रामपछि देशभरका रंगकर्मीहरु एउटा निर्णयमा पुग्यौँ । 

 

सबै सुरक्षाका नियमहरुलाई पालना गर्दै फेरि नाटकघरहरु संचालनमा ल्याउने हाम्रो सामुहिक निर्णय अनुसार यही २०७७ साल माघ १ गतेदेखि क्रमश अधिकांश नाटकघरहरु खोल्ने निर्णय गरिएकोछ । 

 

अहिले नेपालमा भएका नाटकघरहरु मध्ये निम्न नाटकघरहरुमा हरेक दिन एकएक वटा कार्यक्रम गरेर हामी नाटकघर संचालनमा ल्याउँदैछौँ । 

 

नाटकघर संचालन गर्दा हामी निम्त लिखित नियमहरुलाई पालना गर्ने छौँ । 

 

१) दर्शकहरुबीच आवश्यक भौतिक दुरी राखिनेछ । 
२) सबै दर्शकहरुले मास्क लगाउनु पर्नेछ ।
३) सबै दर्शकहरुको लागि सेनिटाइजरको व्यवस्था गरिनेछ ।
४) नाट्य प्रस्तुतिहरु एक घण्टाभन्दा लामो हुने छैन ।


संयोजन
थिएटर हब
९८५१२२३०२३ 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार